नियम
सिफारिश समितिको गठन

 

(१) यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकको छानविन गरी नियुक्तिको सिफारिश गर्न देहाय बमोजिमको एक सिफारिश
समितिको गठन हुनेछः–
(क) कार्यरथी, जङ्गी अड्डा – अध्यक्ष
(ख) रक्षा मन्त्रालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(ग) प्रधान सेनापतिले तोकेको महासेनानी प्रमुख सेनानी – सदस्य – सचिव
(२) उपनियम (१) बमोजिम गठित सिफारिश समितिले सिफारिशको प्रक्रिया आफैं निर्धारण गर्नेछ ।